नियम ४४
एकजनामात्र निर्वाचित हुने समूहको मत गणना
निर्वाचन अधिकृतले अध्यादेशको दफा ३ बमोजिमको एकजना निर्वाचित गर्नुपर्ने कुनै समूहको लागि भएको निर्वाचनको मतगणना गर्दा प्रदेश सभा सदस्यले दिएको मत र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखले दिएको मत अलग–अलग गणना गरी अध्यादेशको दफा ५५ बमोजिमको मतभारले गुणन गरी दुवै प्रकारका मतपत्रबाट पाएको मत जोडी उम्मेदवारले पाएको कुल मत यकिन गर्नु पर्नेछ र सबैभन्दा बढी मत पाउने उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।